दूग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त खुल्याे

काठमाडाैं: सरकारले दूग्ध विकास संस्थानको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छनोट गर्ने भएको छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ ।

३० वर्ष उमेर पुगेर ६० वर्ष ननाघेका कुनै संस्था वा नकिायमा व्यवस्थापकको हैसियतमा कम्तिमा १० वर्षको कार्यअनुभव भएका नेपाली नागरिकले दरखास्त दिनसक्नेछन् ।

शैक्षिक योग्यताको हकमा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका अनुसार भनिएको छ ।उम्मेदवारले व्यवसायिक कार्ययोजना पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments