बाख्रा चराउन गएका सुरेन्द्रको बँदेल आक्रमणबाट मृत्यु

मार्तडी: बूढीनन्दा नगपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्ट रहेका छन् । सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।

घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments