मेलम्चीमा बाघ आतङ्क : एक हप्तामा चार पशुचौपाया खायो

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ । बाँदर, दुम्सी , बदेंल आतङ्कबाट हैरानी सहँदै आएका यहाँका नागरिकलाई बाघ लगायत अन्य वन्यजन्तुले सताउन थालेपछि स्थानीय चिन्तित भएका हुन् ।

गए राती एउटा लैनो भैँसी खाएको बाघले एक हप्तामा गोठमा बाँधिरहेकै अवस्थामा गोरु,बाख्रा, गाई लगायत अन्य घरपालुवा पशुहरू खाएपछि किसानहरू चिन्तित भएका हुन् । बाघ गाउँमा पस्न थालेपछि स्थानीय समसाँझै घरभित्र बस्न बाध्य छन् ।

मेलम्ची ९ ज्यामिरे लगायत आसपासका क्षेत्रमा यतिखेर बाघले आतङ्क मच्चाएको स्थानीय सुनिल कुमार भण्डारीले जानकारी दिनुभयो । धेरैका गाई, भैँसी र बाख्रा बाघले खाएको छ, विद्यालय जाने स–साना बालबालिका पनि बाघले आक्रमण गर्ने हो कि भन्ने त्रास अभिभावकमा उब्जिन थालेको उहाँले बताउनुभयो ।

‘गोठमै आएर गाईबस्तु खान थालेपछि मानिसमा त्रास बढ्नु स्वाभाविक भएको’ स्थानीयले बताएका छन् । घरघरमा बाघ आउन थालेपछि विद्यार्थी विद्यालय जान समेत डराइरहेका छन् । घरदेखि विद्यालय जान धेरै डर लाग्ने गरेको विद्यार्थी सुजन भण्डारीले गुनासो गर्नुभयो । ‘बाघ कतै लुकेर बसेको छ की भन्ने डरले दिउँसो पनि हिँड्न गाह्रो छ ।’ भण्डारीले भन्नुभयो ‘साँझ ६्/७ बजे गाउँमा हिँडडुल गर्न सकिँदैन, स्थानीयले वन्यजन्तु गाउँमा आउन नदिन तरबार लगायत अन्य उपाय गर्दै आए पनि सफल नभएको उनीहरूको भनाई छ ।

सम्पत्तिको नाममा रहेको एउटा भैँसी पनि बाघले खाएपछि मेलम्ची ९ का ओम बहादुर भण्डारी चिन्तित हुनुहुन्छ । उहाँ समस्याको दिगो समाधानको लागि स्थानीय तह लगायत सरोकारवाला निकायसँग गुहार मागिरहनुभएको छ । वडा अध्यक्ष कमल बहादुर खड्काले क्षतिको विवरण हेरेर राहतका लागि तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने बताउनुभयो । उहाँले दिगो समाधानका लागि पहल गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments