काँकडभिट्टा नाकाबाट चार महिनामा पाँच करोडको कोदो आयात

भद्रपुर : चालु आर्थिक वर्षको पहिलो चार महिनामा पूर्वी नाका काँकडभिट्टाबाट पाँच करोड रुपैयाँ बढीको कोदो नेपाल आयात भएको छ ।

क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार साउन, भदौ, असोज र कात्तिकमा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात भएको छ । गत वर्ष सोही अवधिमा रु चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो ।

क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तराखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष ४० मेट्रिक टन बढी कोदो आयात भइसकेको छ ।

झापाको बिर्तामोड नगरपालिका–५ मा मोती इन्टरनेशनल बिक्री केन्द्रमार्फत पवनकुमार अग्रवालले मासिक साढे सात हजार किलो कोदो भारतबाट खरिद गरेर ल्याउने गर्नुभएको छ । उहाँले भारतबाट ल्याइने कोदोलाई ५० किलोका बोरामा प्याकेजिङ गरेर बिक्री गर्ने गरेको जानकारी दिनुभयो । अग्रवालजस्तै अन्य पाँच बिक्री केन्द्रले भारतबाट कोदो ल्याएर नेपालमा प्याकेजिङ गरेर बिक्री गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्रका अर्थविज्ञ शालिकराम भट्टराईले झापामा ९५० हेक्टर जमिनमा मात्र कोदो खेती हुँदै आएको बताउनुभयो ।

नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो । नेपालमा मुख्य रुपमा जाँड–रक्सी बनाउन कोदो प्रयोग हुन्छ । पछिल्लो समय होमस्टे, रेस्टुराँ, होटलहरुमा समेत कोदोको रोटी, ढिँडोलगायतका परिकार बन्न थालेको र उपभोक्ताले रुचाउन थालेकोले कोदोको माग बढ्दै गएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments