भारतबाट २२ लाख किलो कोदो आयात

काठमाण्डौ – नेपाललाई कृषिप्रधान देश भनिए पनि सबैजसो कृषि सामग्री विदेशबाट आयात हुन्छन् ।

गएको आर्थिक वर्षमा साढे ३३ अर्ब रुपैयाँभन्दा धेरैको धान/चामलमात्रै आयात भएको छ । हरियाे सागपातदेखि तरकारीसम्म विदेशबाटै आयात हुन्छ ।

अचम्मको कुरा त नेपालको पाखा बारीमै फल्ने कोदोसमेत विदेशबाटै आयात हुन्छ । त्यो पनि लाखौँ किलोको मात्रामा । गएको आर्थिक वर्ष २०७६/७७ मा झण्डै २२ लाख किलो कोदो आयात भएको छ।

गएको वर्ष २१ लाख ७२ हजार ६ सय २५ किलो कोदो भारतबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ । विभागकाअनुसार आयात भएको कोदोको मूल्य ७ करोड १५ लाख १७ हजार रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा आठ करोड तीन लाख रुपैयाँ बराबरको २९ लाख १० हजार किलो कोदो आयात भएको थियो । यो सबै भारतबाट आयात भएको हो ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments