च्याउ खाँदा एकको मृत्युः आठ गम्भीर बिरामी

जाजरकोट। कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ ।

उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर घाइते भएको कुशे गाउँपालिका –१ का वडाध्यक्ष गोपाल नेपालीले बताए।

घरपरिवारका सबैले एकै समय च्याउ खाएका थिए । बिरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments