अदुवाको भाउ स्थिर, किसान हर्षित

इलाम। वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् ।

धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन् । तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन् । वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ । गत वर्षदेखि एकै किसिमको भाऊ आउँदा यस वर्ष अदुवाबाट सोचेजस्तै आम्दानी लिने इलाम बरबोटेका किसान चन्द्र घिमिरे जानकारी दिए।

सबै त खनिसकेको छैन, तर बीउ अदुवा हो यति नै त भन्न सकिन्न”, उनले भने, “तर जति फले पनि अदुवाको मूल्य राम्रै पाउने अपेक्षा छ ।” उनले यस वर्ष मात्रै झण्डै २० मन (एक मनमा ४० किलो) रपेका छन् । भाउ आए पनि अहिले किसानले बजारमा अदुवा ल्याउन भने सकेका छैनन् । ग्रामीण भेगका सडक भत्किएका र हिलाम्मे बन्दा सवारी सञ्चालन नभएपछि किसानले अदुवा बजारसम्म ल्याउन नसकेको इलाम बिब्ल्याँट्टेका व्यवसायी कृष्ण पौडेलले बताए । सडक अवरोधका कारण अदुवा बजार ल्याउन नसक्दा लामो समयसम्म पनि भाउ उही दरमा रहेको उनले जानकारी दिए।

“गत वर्षसम्म यस मौसममा ठूलो परिमाणमा अदुवा आइसक्थ्यो तर यसपटक आउन सकेकै छैन”, उनले भने, “धेरै किसानले अस्ती बिक्री नभएपछि रोपे । अनि नयाँ अदुवा अभाव हुँदा अहिले बीउ अदुवाको भाउ राम्रो आयो ।” उनका अनुसार अहिले पनि किसानको भकारीमा ठूलै परिमाणमा अदुवा भए पनि बजार निकाल्न सकस परेको छ । अदुवा बजार निकाल्न नसक्दा किसानको भकारीमै कुहिने डर भएको पौडेलको भनाइ छ ।

किन घटबढ भएन त भाउ ?

भारतीय बजारमा अदुवा नआएको र बन्दाबन्दीमा किसानले अदुवाखेती गरेकाले भाउ नबढेको व्यवसायीको अनुमान छ । सब्जीमा दैनिक खपत हुने भएकाले अत्यावश्यक वस्तुमा पर्नाले पनि अदुवाको भाउ नघटेको व्यवसायी पौडेलको भनाइ छ ।

सानो अदुवाको भाउ उचित आए पनि ठूलो (विकासे) अदुवाको भने उचित भाउ नआएको किसानको गुनासो छ । सानो अदुवाजस्तो फाइदाकारी नहुने, अदुवा कम बिक्नाका कारण भाउ नआएको र कम दाममै अदुवा बेच्न बाध्य भएको अदुवा किसान सरोज पोखरेलको भनाइ छ ।

आफ्नो बारीमा विकासे अदुवा फस्टाएर फल्नाले विकासे अदुवा रोपे पनि अहिले भाउ नआउँदा मनको रु एक हजार ८०० मै बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । करिब २० मन अदुवाखेती गरेका उनले राम्रै आम्दानी भए पनि अपेक्षाकृत भाउ नपाएको दुखेसो गरे।

व्यवसायीले विकासे अदुवा सानो अदुवाको तुलनामा बढी फल्नाले श्रमअनुसार भाउ औषत रहेको बताएका छन् । कम लागतमै ठूलो परिमाणमा उत्पादन हुने भएकाले विकासे अदुवाको भाउ सन्तोषजनक रहेको व्यवसायीको भनाइ छ । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments