किवी खेतीप्रति किसानको आकर्षण बढ्दै

सल्यान : पछिल्लो समय सल्यानमा किवी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।

बाँझो हुँदै गएको जग्गामा राम्रो उत्पादन हुन थालेपछि किवी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । रोपेको एक वर्षमै नै उत्पादन दिने भएकाले पनि किसानहरू व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका हुन् ।

अन्य अन्नबाली भन्दा झन्डै तीन गुणाभन्दा बढी प्रतिफल किवीबाट लिन सकिने छत्रेश्वरी गाउँपालिका २ बुराँसेका चित्र बहादुर केसीले बताउनुभयो । यो वर्ष मात्र २० क्विन्टल किवी बिक्री गरेको उहाँले बताउनुभयो । व्यापारीले बोटबाट नै प्रतिकिलो १ सय ५० रुपैयाँका दरले खरिद गरेको उहाँको भनाई छ ।

गाउँलेहरूमा बिस्तारै व्यावसायिक कृषिको सोच विकास भएको उहाँले बताउनुभयो ।

यस्तै बुराँसेकै तेज बहादुर योगी पनि झन्डै चार रोपनी बढीमा किवी खेती गर्दै आउनुभएको छ । सल्यानमै पहिलो पटक व्यावसायिक किवी खेती सुरु गर्नुभएका योगीले किवीबाट वार्षिक ३ देखि ४ लाख आम्दानी गर्नुहुन्छ । कोरोना महामारीका कारण दुई वर्ष बजारीकरणमा समस्या भए पनि यो वर्ष भने समयमै किवी बिक्री भएको उहाँले बताउनुभयो ।

किवी खेतीका लागि सल्यानको हावापानी र भूगोल मिलेकाले जिल्लामा किवी खेतीको राम्रो सम्भावना रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

किवी खेतीलाई प्रवर्द्धन गर्न किवी पकेट क्षेत्र निर्धारण गरी काम अघि बढाई रहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अहिले १६ हेक्टर क्षेत्रफलमा व्यावसायिक किवी खेती हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments