रतुवामाई वृक्षरोपण : १५ वर्ष अवधि पुगेका मसलाका रुख कटान सुरु

झापा: रतुवामाई वृक्षरोपण आयोजनामा लगाइएको मसला जातको रुख कटान सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा रहेको सो वनमा १५ वर्ष अवधि पुगेका मसलाका रुख कटान सुरु गरिएको हो ।

कार्यालयका सूचना अधिकारी भक्तिप्रसाद गौतमले नयाँ टिक जातका बिरुवा लगाउने योजना अनुरुप मसलाको रुख कटान गर्न थालिएको बताए । उनले शिवसताक्षी नगरपालिका–१० पूर्वपश्चिम राजमार्ग उत्तर रहेका क्षेत्रका रुख धमाधम कटान गरिरहेको बताए । दुई हजार ७५३ हेक्टर क्षेफलमा फैलिएको सो वनमा ५० हजार हेक्टरमा १५ वर्षअघि सिसौका रुख हटाएर मसला जातको विरुवा लगाइएको थियो ।

कटान गरिएको रुखमध्ये स्थानीय उपभोक्तालाई २५ प्रतिशत बिक्री गरिन्छ भने ५० प्रतिशतमा टेण्डर आह्वानद्वारा बिक्री गरिने उनको भनाइ छ । बाँकी रहेको २५ प्रतिशत वन पैदावर विकास समिति काठमाडौँलाई हस्तान्तरण गरिनेछ ।

उनले मसला जातको काठको मूल्यभन्दा टिककोे मूल्य महँगो हुने र छिटो हुर्कने हुँदा कटान गरिएको क्षेत्रमा टिक जातको बिरुवा लगाउने बताए । मसलाको काठको बजार मूल्य हाल प्रति क्यूफिट रु ३०० देखि ६०० सम्म रहेको उनले बताए । वन क्षेत्रमध्येको १० प्रतिशत जमिनमा कदम, २० प्रतिशतमा टिक र १० प्रतिशतमा विभिन्न प्रजातिका रुख लगाइएको छ ।

उनले आयोजनाले ढलापढा रुख बेचेर मात्र वार्षिक रु एक करोड ५० लाख आम्दानी गर्दै आएको बताए । उनले हाल वन क्षेत्रको ६३ हेक्टर जमिन भने अतिक्रमणको चपेटामा परेको जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments