सामूहिक तरकारी खेती र माछा पालनले दलित महिलाको जीवनस्तर सुधार्दै

सल्यान : सल्यानका दलित महिलाहरू सामूहिक तरकारी खेती र माछा पालनबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

समाजमा पछि पारिएका दलित महिलाहरू छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएपछि सामूहिक रुपमा तरकारी खेती र माछा पालनमा लागेका हुन ।

सामूहिक तरकारी खेती र माछा पालनबाट सिजनमा एक जनाले ४५ देखि ५० हजारसम्म आम्दानी गर्ने गरेको शारदा नगरपालिका –६ बरलाकी सुन्तली बादीले बताउनुभयो । धेरै वर्ष बालुवा गिट्टी कुटेर घर खर्च चलाउँदै आउनुभएकी वादीले सामूहिक तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि बालुवा गिट्टी कुट्न छाडेको बताउनुभयो ।

बरलाकै टिका नेपालीले पनि सामूहिक रुपमा आबद्ध भएर तरकारी र माछा पालन गर्न थालेपछि अर्काका अघि हात थाप्नु नपरेको बताउनुभयो । विगतमा दैनिक गुजारा चलाउन समस्या हुने गरेको बताउँदै उहाँले तरकारी खेती थालेदेखि छोराछोरी पढाउन र घर खर्च चलाउन समस्या नभएको बताउनुभयो ।

बरलाका २० जना दलित महिलाले समूह निर्माण गरी सामूहिक तरकारी खेती र माछा पालनबाट मनग्य आम्दानी गर्दै आइ रहेका छन् ।

घट्टे खोलामा २० रोपनी जग्गा भाडामा लिएर २० जना महिलाले तरकारी खेती र माछा पालन गरिरहेका छन् । १० रोपनीमा माछा पालन र १० रोपनी जग्गामा तरकारी खेतीबाट वार्षिक एक जनाले ५० हजारभन्दा बढी आम्दानी गर्दै आइरहेको डउरेडाँडा कवुलियती तरकारी तथा माछा पालन समूहकी कोषाध्यक्ष सुन्तली बादीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments