चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमण बढ्दो

चितवन : चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । सोही अवधिमा विभिन्न जनावरको आक्रमणमा परी २९ जना घाइते भएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा गैँडा, हात्ती, बँदेल र गौरीगाईको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको हो । यस्तै सोही समयमा हात्तीको आक्रणबाट चार, गैँडाको आक्रमणबाट १५, बाघको आक्रमणबाट तीन, भालुको आक्रमणबाट चार, जङ्गली बँदेलको आक्रमणबाट दुई र मगर गोहीको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइतेमध्ये १६ सामान्य तथा १३ जना गम्भीर भएको उहाँले जानकारी दिनुभयो । चालु आवमा मानवीय क्षति, घरगोठ क्षति र भण्डारण गरिएको अन्नको क्षतिवापत निकुञ्जले रु ८० लाख ७३ हजार क्षतिपूर्ति तिरेको छ । निकुञ्जले वन्यजन्तुबाट भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारलाई आव २०७५/७६ देखि आव २०७८/७९ को कात्तिक मसान्तसम्म रु ६ करोड २५ लाख ४४ हजार राहत वितरण गरेको छ ।

निकुञ्जभित्रका वन्यजन्तुले मानव, पशु तथा अन्नबाली र भौतिक संरचनामा क्षति पु¥याएमा पीडित परिवारलाई राहत वितरण गरिँदै आएको छ । चालु आवको चार महिनामा मृत्यु भएका चारै जनाको परिवारलाई रु ४० लाख राहत रकम वितरण गरिएको छ । त्यस्तै वन्यजन्तुबाट सामान्य घाइते भएका पीडित परिवारलाई रु तीन लाख सात हजार र गम्भीर घाइते भएका पीडित परिवारलाई रु १३ लाख १६ हजार उपलब्ध गराएको तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै पशुधन क्षति शीर्षकमा रु सात लाख ८५ हजार तथा घरगोठ शीर्षकमा रु ४२ हजार वितरण गरिएको छ । वन्यजन्तुले अन्न भण्डारण र खाद्यन्न बालीमा क्षति पु¥याएका परिवारलाई रु १६ लाख २१ हजार प्रदान गरिएको छ । निकुञ्जबाट निस्कने बाघ, चितुवा, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले मानवीय तथा भौतिक क्षति पु¥याउने गरेका छन् । निकुञ्जभित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई रु १० लाख दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ । त्यस्तै सामान्य घाइतेको अवस्थामा रु २० हजार, गम्भीर घाइतेको न्यूनतम रु दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ । जङ्गली जनावारले अन्नबालीमा क्षति पु¥याएमा बढीमा रु १० हजार, घरगोठ भत्काएमा रु १० हजार र पशुधनको क्षति गरेमा रु ३० हजारसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।

वन्यजन्तुको आक्रमणबाट आव २०७३/७४ मा १०, आव २०७४/७५ मा पाँच, आव २०७५/७६ मा १२, आव २०७६/७७ मा नौ र आव २०७७/७८ मा १२ जनाको मृत्यु भएको थियो । निकुञ्ज र स्थानीयवासीबीच द्वन्द्व बढेपछि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अवधारण ल्याएर निकुञ्जको आम्दानीको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा खर्च गर्न थालिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले स्थानीयवासी र निकुञ्जबीचमा द्वन्द्व घटाउँदै लगिएको बताउनुभयो । पहिले–पहिले राहत रकम वितरणमा ढिलाइ हुने भए पनि पछिल्ला वर्षमा तत्काल राहत रकम वितरण गर्न थालिएको छ ।

मध्यवर्ती क्षेत्रमा हुने क्षतिको राहत निकुञ्जले दिने गर्दछ । निकुञ्जले चितवन, पर्सा, मकवानपुर र नवलपरासीको बर्दघाट सुस्तापूर्वलाई समेटेको छ । विसं २०३० मा स्थापना भएको यस निकुञ्जसित जोडिएका क्षेत्रलाई समेटेर २०३० मा मध्यवर्ती क्षेत्र घोषणा गरिएको हो । मध्यवर्ती क्षेत्र ७२९ दशमलव ३७ वर्गकिलोमिटरमा फैलिएको छ भने निकुञ्ज ९५२ दशमलव ६३ वर्गकिलोमिटरमा फैलिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments