केही स्थानमा बिहानैदेखि वर्षा र हिमपात

काठमाडौं :आज पनि देशभर बदली रहेको छ भने केही स्थानमा बिहानैदेखि वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुने क्रम पनि जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस थियो भने आज दिउँसो १५ डिग्री सेल्सियससम्म पुग्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज दिनभर बदली रहे पनि वर्षाको सम्भाना भने न्यून रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भेगमा हल्का वर्षा हुनेछ ।

आजराति पनि पहाडी भेगमा सामान्य बदली रहने र अन्य भेगमा आंशिक बदली रहनेछ । पश्चिमी वायुको न्यून चापीय प्रणाली अझै कही दिन नेपालमा रहने पनि विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments