आजको मौसम :केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न सुरु भएको छ । सो प्रणालीका कारण आज पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार बिहान प्रदेश १ र प्रदेश २ (मधेश प्रदेश) लगायत पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु कुहिरो लागेको महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै, राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन माहशाखाले अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?