यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं : देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

हाल देशभर आंशिक बदली रहेको छ।धेरै स्थानहरूमा हुस्सु-कुहिरो लागेको जल तथा माैसम विज्ञान विभाग तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।

पौष १६ गते (शुक्रबार)

दिउँसो :
देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष १७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती :
देशभर आंशिक बदलीको संभावना रहेको छ।

पौष १८ गते (आईतबार)

दिउँसो : देशभर आंशिक बदली रहनेछ

राती : देशभर आंशिक बदलीको संभावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments