आजको मौसम : वर्षा र हिमपातको सम्भावना

काठमाडौं : देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । सुदूर पश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

अहिले कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश नं २ र प्रदेश नं १ मा सामान्य बदली रहि बाँकी प्रदेशहरुमा आन्शिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णालीका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । राति सुदूरपश्चिमका एक९दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments