अलैंची सुकाउँदा घर जल्यो

खोटाङ – अलैंची सुकाउन बालेको आगोले खोटाङमा घर जलेको छ । अलैंची सुकाउने क्रममा अलैंची भट्टीबाट सल्किएको आगोले खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी हिलेखर्कका रत्नबहादुर खत्रीको घर जलेको हो । कटेरामा रहेको अलैंची भट्टीबाट सुरु भएको आगोले खत्रीका कटेरा र घर जलेको वडाध्यक्ष देवीन्द्र राईले जानकारी दिए।

अगलगीबाट चार लाख बराबरको धनमाल क्षति भएको स्थानीय बासिन्दाले बताएका छन् । नगद २५ हजार, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेको पीडितले बताएका छन् । घर जलेपछि ५ जनाको खत्री परिवार छानो जलेको ठुटो घरमा पाल टाँगेर बसेको छ।

nagariknews.nagariknetwork.com

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?