आलु उत्पादनमा कमी आएपछि सर्लाहीका किसान चिन्तामा

सर्लाही: गत वर्षका तुलनामा जिल्लामा आलु उत्पादनमा कमी आएको छ। जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताइएको छ ।

बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपाल भने,“विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो। समयमा मल नपाउँदा यसवर्ष पनि झन् कमी आयो। उत्पादित आलुले बजार समेत पाएको छैन। ” प्रतिकिलो रु २५ देखि ३० मा बीउ किनेर रोपेको आलु अहिले रु १५ मा बिक्री गर्नुपरेको उनले गुनासो गरे ।

भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको यहाँका किसानको गुनासो छ। किसानले आलु व्यापारीलाई प्रतिकिलो रु १६ मा खेतबाटै बिक्री गरिरहेका छन्। बागमती नगरपालिका– ६ राजघाटका किसान पनिलाल रामले भने,’“आलु लगाउने समयमा युरिया मलको अभाव भयो । ”

जिल्लाको बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शङ्करपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ। यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ। जिल्लाभर एक हजार ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए ।

जिल्लामा उत्पादन भएको आलु मलङ्गवा, चपुर, वीरगन्ज र कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दीपक थापा मगरलले जिल्लामा मल अभाव नरहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments