किसानले पालेका दस हजार बाख्रालाई पिपिआर रोगको खोप

दोलखा: दोलखाको कालिन्चोक गाउँपालिकाका किसानले पालेका दस हजार बाख्रालाई पिपिआर रोगको खोप लगाइएको छ ।

कालिन्चोक गाउँपालिकाका किसानले विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा पालन गरेका दश हजार ६०० बाख्रालाई पिपिआर रोगको खोप लगाइएको हो ।

पालिकामा पिपिआर रोगको उच्च जोखिम रहेको र भेडा तथा बाख्रालाई पिपिआर रोगबाट बचाउन गाउँपालिकाको सबै वडाको टोल–टोलमानै पुगेर पशु प्राविधिकहरूको सहयोगमा खोप लगाएको गाउँपालिकाले जनाएको छ ।

हिउँदको समय सकिएपछि वर्षात्को समय सुरु हुने बेलामा बाख्रा तथा भेडामा यो रोग देखापर्ने र एकै पटकमा धेरै बाख्रा मर्ने हुँदा बाख्रामा रोग प्रतिरोधात्मक क्षमता बढाउन यो खोप लगाउने गरिन्छ । यो रोग लागेपछि बाख्रामा मुखमा घाउ आउने, ज्वरो आउने, पखला लाग्नेजस्ता लक्षण देखा पर्दछ । एउटा बाख्रामा पिपिआर रोग देखा परेपछि सजिलैसँग अन्य बाख्रामा पनि सर्न सक्ने र एकै पटकमा धेरै बाख्रा मर्नसक्ने सम्भावना हुने गर्छ ।

कालिन्चोक गाउँपालिकामा गतवर्ष पिपिआर रोगका कारण १६० भन्दा बढी बाख्रा मरेका थिए । पालिकाको सुनखानीमा किसानले पालेका बाख्रा तथा भेडामा अज्ञात रोग देखा परी करिब १६० बाख्राहरू मरेपछि परीक्षण गर्दा पिपिआर देखा परेको थियो ।

पिपिआर रोगका कारण बाख्रा मर्न थालेपछि रोग लाग्न नदिन किसानलाई सचेत हुन पशुसेवा कार्यालय चरीकोटले आग्रह गरेको छ । कालिन्चोक गाउँपालिकाको विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा नै बाख्रा तथा भेडापालन हुँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments