व्यावसायिक पशुपालन सर्वेक्षण २०७८ सार्वजनिक

अत्तरिया:सुदूरपश्चिम प्रदेशमा व्यावसायिकरूपमा पशुपालन गर्ने मध्यम तथा ठूला पशुपालन व्यवसायको सङ्ख्या पाँच सय ६१ रहेको छ । आज तथ्याङ्क कार्यालय कञ्चनपुरले धनगढी प्रदेशमा मध्यम तथा ठूला पशुपालन व्यवसायको सङ्ख्या पाँच सय ६१ रहेको व्यावसायिक पशुपालन सर्वेक्षण २०७८ सार्वजनिक गरेको हो ।

नेपालको कृषि तथ्याङ्कीय प्रणालीलाई सुदृढ गर्न विश्वखाद्य तथा कृषि सङ्गठनको आर्थिक तथा प्राविधिक सहयोगमा आव २०७८÷७९ मा मध्यम तथा ठूला पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण २०७८ सञ्चालन गरिएको थियो ।

सर्वेक्षणअनुसार प्रदेशमा गाईपालन व्यवसाय कम रहेको छ । सो तथ्याङ्कअनुसार प्रदेशमा १० गाईपालन, ४४ भैँसीपालन, तीन सय ६९ बाखा, च्याङ्ग्रापालन, ३२ भेडाभेडीपालन व्यवसाय सञ्चालनमा रहेका छन् ।

प्रदेशमा छ मासु प्रायोजनका लागि भाले सुँगुरपालन र २३ प्रजनन प्रयोजनका लागि सुँगुरबङ्गुरपालन व्यवसाय सञ्चालनमा रहेको तथ्याङ्कमा उल्लेख छ । सो तथ्याङ्कअनुसार मिश्रित वर्गअनुसार २५ गाई र भैँसीपालन, १६ बाख्रा, च्याङ्ग्रा र भेडाभेडीपालन र ३५ गाईभैँसी र बाख्रा, च्याङ्ग्रा, भेडापालन व्यवसाय छन् ।

सर्वेक्षण नतिजाअनुसार गणनाको दिनमा प्रदेशमा पाँच सय ६१ पशुपालन व्यवसायले जम्माजम्मी दुई हजार दुई सय ७४ गाईगोरु, एक हजार छ सय ३० राँगा, भैँसी, २४ हजार तीन सय ८४ बाख्रा, छ सय ८२ च्याङ्ग्रा, सात हजार एक सय १३ भेडा, भेडी र नौ सय ९९ सुँगुर, बङ्गुर पालेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा पशुपालक व्यवसायले स्थानीय जातको नै बढी पाल्ने गरेको तथ्याङ्कमा उल्लेख छ । सो तथ्याङ्कमा भनिएको छ, “सुदूरपश्चिम प्रदेशमा पशुपालक व्यवसायले सुँगुर, बङ्गुरबाहेक अन्य पशु प्रायः स्थानीय जातको नै बढी पालेको पाइएको छ ।”

यस प्रदेशमा सातवटै प्रदेशमध्ये सबैभन्दा कम उन्नत जातका गाईपालन हुने गरेको तथ्याङ्कले देखाएको छ । सर्वेक्षण नतिजाअनुसार सुदूरपश्चिम प्रदेशमा गाईबाट औसत दूध दिने अवधिसम्म जम्मा १० लाख पाँच हजार नौ सय ८० लिटर दूध उत्पादन भएको अनुमान गरिएको छ भने चार सय ८४ दूध दिइरहेका भैँसीबाट औसत दूध दिने अवधिसम्म नौ लाख ७६ हजार एक सय ५५ लिटर दूध उत्पादन भएको अनुमान गरिएको छ । गाई र भैँसीबाट उत्पादन हुने दूध बजारमा बिक्री र घरायसी प्रयोजनमा खपत हुने गरेको छ ।

यस प्रदेशमा दूध उत्पादनका लागि बजार सम्झौता रिपोर्ट गर्ने किसानको अनुमानित सङ्ख्या पनि न्यून रहेको छ ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव मदनसिंह धामीले व्यावसायिक एकीकृत पशुपालन सर्वेक्षणको तथ्याङ्कले प्रदेश सरकारलाई आगामी कार्यक्रम, नीति तथा योजना निर्माण गर्नमा सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभया, “व्यावसायिक पशुपालनमा देखिएका समस्या, चुनौती र कार्यक्रम निर्माण गर्दा स्पष्ट तथ्याङ्क भए सहयोग पुग्छ ।” उहाँले प्रदेशमा व्यावसायिक पशुपालन भइरहे पनि दूध उत्पादनमा सुधार हुन नसकेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments