व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण सार्वजनिक

टङ्कीसिनवारी:कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागले ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ को नतिजा सार्वजनिक गरेको छ ।

प्रदेश नं १ को राजधानी विराटनगरमा शुक्रबार सर्वेक्षण सार्वजनिक गरिएको हो । नेपालको कृषि तथ्याङ्कीय प्रणालीलाई सुदृढ गर्न विश्व खाद्य तथा कृषि सङ्गठनको आर्थिक तथा प्राविधिक सहयोगमा आव ०७८÷७९ मा मध्यम तथा ठूला पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण २०७८ नेपालभर सञ्चालन गरिएको थियो ।

सर्वेक्षणअनुसार नेपालमा व्यावसायिक रूपमा पशुपालन गर्ने मध्यम तथा ठूला पशुपालन व्यवसायको सङ्ख्या छ हजार चार सय ८६ रहेको छ । त्यसमध्ये एक हजार दुई सय ३३ गाईपालन, नौ सय १४ भैँसीपालन, ४३ मासु प्रायोजनका लागि राँगापालन, दुई हजार दुई सय ९५ बाख्रा र च्याङ्ग्रापालन व्यवसाय सञ्चालनमा छन् ।

यस्तै पाँच सय ७२ भेडापालन, एक सय १८ मासु र तीन सय ६४ प्रजनन प्रयोजनका लागि सँगुरबँगुरपालन व्यवसाय रहेका छन् । मिश्रित वर्गमा चार सय ८३ गाई र भैंसीपालन, एक सय ९८ भेडा र च्याङ्ग्रापालन तथा गाई, भैँसी, बाख्रा, च्याङ्ग्रा सबै एकै ठाउँमा पालेर दुई सय ६५ व्यवसाय सञ्चालन गरेको भेटिएको छ ।

सर्वेक्षणको नतिजाअनुसार गणनाको दिनमा छ हजार चार सय ८६ पशुपालन व्यवसायले ४४ हजार आठ सय ७३ गाई÷गोरू, ३४ हजार छ सय ५३ राँगा÷भैँसी, एक लाख ५० हजार पाँच सय ६८ बाख्रा, ३१ हजार सात सय ८१ च्याङ्ग्रा, ८८ हजार चार सय २१ भेडा÷भेडी र ३८ हजार तीन सय ६० सुँगुर÷बँगुर पालिएको पाइएको थियो । पालिएका पशुमध्ये ७५ प्रतिशत गाई÷गोरू, ७१ प्रतिशत राँगा÷भैँसी, ४५ प्रतिशत बाख्रा, २६ प्रतिशत भेडा÷भेडी र ९२ प्रतिशत सुँगुर÷बँगुर उन्नत जातको पाइएको थियो । च्याङ्ग्रा भने सबै स्थानीय जातको पाइएको सर्वेक्षणमा उल्लेख छ ।

हप्तामा गाईको आठ लाख ८१ हजार पाँच सय ५९ लिटर र भैँसीको चार लाख ९६ हजार चार सय ६६ लिटर दूध बिक्री हुने गरेको सर्वेक्षणले देखाएको छ । गाईको ४९ हजार नौ सय ४९ लिटर र भैँसीको ५० हजार दुई सय ५३ लिटर आफ्नै उपयोगका लागि प्रयोग गर्ने गरेको सर्वेक्षणको नतिजाले देखाएको छ ।

मुलुकभरि व्यावसायिक रूपले सञ्चालनमा रहेका मध्यम तथा ठूला पशुपालन व्यवसायको आर्थिक, सामाजिक तथा वातावरणीय तथ्याङ्क सङ्कलन गरी कृषि विकासका लागि स्थानीय, प्रदेश र राष्ट्रिय स्तरमा नीति निर्माण तथा योजना तर्जुमाका लागि सघाउ पु¥याउने उद्देश्यका साथ मुलुकभर सर्वेक्षण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments