राजस्व छली भित्र्याइएको १ सय ९० बोरा भारतीय चामल बरामद

बीरगंज :अवैध रुपमा राजस्व छली भारतबाट भित्र्याइएको १ सय ९० बोरा भारतीय चामल पर्सा प्रहरीले रानीघाटबाट नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० रानीघाट स्थित योगेन्द्र कलवारको मिलको गोदामबाट प्रहरीले २ लाख ८५ हजार मूल्य बराबरको १ सय ९० बोरा भारतीय चामल नियन्त्रणमा लिई थप कारबाहीको लागि वीरगन्ज भन्सारमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।

भरिया मार्फत १/२ बोरा गरी जम्मा गरेर राजस्व छली गरेको चामल कलवारले विक्री गर्ने गरेको भेटिएपछि कारबाही गरिएको खनालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments