पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी

चितवन:पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवन उद्योग सङ्घले स्थापना गरेको प्रदर्शनी केन्द्र (एस्क्पो सेन्टर)मा प्रदर्शनी हुन लागेको हो ।

नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको मुख्य आकर्षक एशियामा दोस्रो पटक हुन लागेको कृषि कर्जा मेला र मेडिन नेपाल स्टल रहने सङ्घका अध्यक्ष खोजराज कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा १५० स्टल रहने छन् ।

विसं २०७१ मा नारायणी नदी किनारबाट सुरु गरिएको यस प्रदर्शनी हरेक दुई÷दुई वर्षमा गरिँदै आएको छ । प्रदर्शनीमा नेपालमा उत्पादित सबै यान्त्रीकरण, मेसिनरी सामग्री राखिनेछ । विश्वमा प्रचलनमा रहेका यन्त्रलाई समेत प्रदर्शनीमा राखिने र यसको प्रयोगका बारेमा समेत जानकारी दिईने उहाँले बताउनुभयो ।

यसअघि कोहलपुर, धरानलगायतका जिल्लामा प्रदर्शनी गरिएको थियो । चितवनमा दोस्रो पटक प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । व्यावसायिकरुपमा कृषिजन्य उपकरणको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

यस प्रदर्शनीले व्यावसायिकरुपमा कृषि कर्म गर्दै आएका कृषि उद्यमीलाई सहयोग पुग्ने सङ्घकी केन्द्रीय सदस्य सुनिता नोमाफुकीले बताउनुभयो । यस प्रदर्शनीले सरकारलाई समयसापेक्ष नीति निर्माणमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments