कृषिप्रधान देशमा सात महिनामा १३ अर्बको मकै आयात

काठमाडौं: नेपालभित्रै उत्पादन गर्न सकिने मकै ठूलो परिमाणमा विदेशबाट आयात हुने गरेको छ ।

एकातिर स्थानीय उत्पादन पनि बढेको छ भने अर्कोतिर आयात पनि बढेको हो । स्थानीय उतपादनले माग धान्न नसकेपछि वार्षिक १५ देखि १६ अर्ब रुपैयाँ बराबरको मकै आयात हुने गरेको छ । कृषिप्रधान देशमा मकै उत्पादन गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादन बढाउन नसक्दा ठूलो परिमाणमा आयात हुने गरेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महिनामा १३ अर्ब ४ करोड ४३ लाख रुपैयाँ बराबरको ३ लाख ७१ हजार ९ सय ५६ टन मकै आयात भएको हो ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments