किसानलाई राडिपाखी बुन्ने उपकरणले सहज बनायो

खलङ्गा:जुम्लाको तातोपानी गाउँपालिका– ७ का किसानलाई राडिपाखी बुन्ने उपकरण उपलब्ध गराएपछि  त्यहाँ कार्यरत उद्यमीलाई काम गर्न सहज भएको छ ।  पहिले एक हप्तामा एउटै मात्र राडिपाखी बुन्दै आएका यहाँका उद्यमीले अहिले उपकरणको  प्रयोगले सहजै तीन–चारवटासम्म राडिपाखी बुन्न थालेको स्थानीयवासी चन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो । उक्त वडाका स्थानीयवासीको प्रमुख आम्दानीको स्रोत भेडापालन हो । 

भेडाको ऊनबाट विभिन्न राडिपाखी, स्वीटर, पाखेकोट, गलबन्धी, लिउलगायत सामग्री बनाइन्छ  । यी सबै सामग्री बुन्न पुरानो परम्परागतको चाद प्रयोग हँुदै आएको थियो । एक राडिपाखी, लिउ र पाखेकोट बुन्न करिब एक हप्ता लाग्थ्यो तर कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालयले उपकरण उपलब्ध गराउनका साथै तालिमसमेत दिएपछि निकै राहत मिलेको स्थानीयवासीले बताए ।

पहिलो पटक उपकरणबाट राडिपाखी बुन्न पाउदा निकै खुसी छौँ । सो कार्यले जीवन निर्वाह गर्ने सहज बाटो सिकाएको र आत्मनिर्भर हुन प्रेरित गरेको उनीहरुको भनाइ थियो  । गाउँपालिकाले विभिन्न आत्मनिर्भरका तालिम सञ्चालन गरेकाले सिकेका सीप प्रयोगमा ल्याउनु  अति आवश्यक रहेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments