चौबाटार सिँचाइ योजना निर्माण

अर्घाखाँची :अर्घाखाँचीकै गौरवको योजनाका रुपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण गरिएको छ । छत्रदेव गाउँपालिका वडा नं ६ ठूलापोखरामा रहेको उक्त योजना सम्पन्न भएपछि चौवाफाँट र आसपासका कृषक खुसी भएका छन् ।

लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उक्त आयोजना उद्घाटन गर्दै सबै कृषकलाई व्यावसायिकरुपले कृषिमा लाग्न आग्रह गर्नुभयो ।

उक्त योजनाबाट २२० घरधुरीका एक हजार ४५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । रु आठ करोड ३९ लाखको लागतमा निर्माण गरिएको आयोजना जरेखोला मिलमिलेबाट सेरीखोलासम्म आठ हजार २०० मिटर लामो रहेकोे सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इञ्जिनीयर विष्णु भण्डारीले बताउनुभयो ।

विसं २०४३ देखि नै योजनामा पारेर कुलो निर्माण गर्न स्थानीय अग्रसर भए पनि त्यो सपना ३६ वर्षपछि पूरा भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जनतासँग आफूले गरेको चुनाबी प्रतिबद्धताअनुसार चौबाटार सिँचाइ योजनाको काम सम्पन्न भएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो । उहाँले सुरुमा चौबाटारमा सिँचाइको व्यवस्था गर्छु भनेर स्थानीय अगुवाले धेरैले चुनावी नारा बनाए र तपाईंले पनि त्यही गर्ने त होला भनेकामा आफूले पहल गरेर काम सम्पन्न गरेको जानकारी दिनुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments