चट्याङ लागेर एक बालिकाको मृत्यु, ३ जना घाइते

तेह्रथुम : तेह्रथुममा चट्याङले लागेर एक बालिकाको मृत्यु भएको छ । त्यस्तै ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आठराई गाउँपालिका – ६ चुहानडाँडास्थित फुङसिङस्थित १० वर्षीया बालिका मिना कन्दङवा रहेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिएका छन् ।

शुक्रबार अपरान्ह साढे ५ बजेतिर वर्षासँगै परेको चट्याङ लागेकी बालिकालाई उपचारका लागि पाँचथर सदरमकाम फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक थान्दारका अनुसार चट्याङ चट्याङबाट वर्ष ५१ का दिलकुमार थोप्रा लिम्बू, वर्ष ३५ की ललिता थोप्रा लिम्बू र वर्ष ३७ का सुक्रराज थोप्रा लिम्बू घाइते भएका छन् । उनीहरुको हाल जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments