कृषि गणना गर्न १२ गणक र तीन सुपरीवेक्षक छनोट

मनाङ : आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरीवेक्षक खटाएको छ ।

वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालिममा सहभागी भइरहेका छन् । गणक र सुपरीवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत इन्द्रविलास कोइराला तथा जिल्ला कृषिगणना अधिकृत सुदर्शन गौतमले प्रशिक्षण दिइरहनुभएको छ ।

कृषि गणनाका लागि छनोट गरिएका कृषकका परिवारसँग कृषिका गतिविधिबारे विस्तृत विवरण सङ्कलन गरिनेछ । गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सञ्चालन भइरहेको कृषि कार्यको विवरण सङ्कलन गरिने जिल्ला कृषि गणना कार्यालयका कृषि गणना अधिकृत इन्द्रविलास कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा १६७ गणना क्षेत्रबाट करिब चार हजार १७५ कृषक परिवारको गणना गरिने भएको छ ।गणनाका लागि करिब दुई दर्जन प्रश्न समेटेर प्रश्नावली तयार पारिएको अधिकृत कोइरालाले बताउनुभयो । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।

खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषि क्षेत्रको योजनातर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा तथ्याङ्कले सहयोग पु¥याउनेछ । विसं २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक १०÷१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आइरहेको छ । यो सातौँ कृषि गणना रहेको हो ।(रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments