हुर्कँदै गरेको मकैमा फौजी किरा प्रकोप, समस्यामा किसान

नेपालगञ्ज : मकै बालीमा फौजी कीराले नोक्सानी गरेपछि बाँकेका किसान समस्यामा छन् । कीराका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने भएको छ । मकै बाली हुर्कंदै गरेको अवस्थामा फौजी कीराले बालीमा धेरै क्षति पु¥याएको गुनासो आएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार फौजी कीराको प्रकोपबारे सचेतना जगाइएको भए पनि समयमै यसको रोकथाम गर्न नसकिँदा बाँकेको मकै बालीमा ठूलो क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सकिल अहमदले बाँकेमा फौजी कीराको प्रकोप व्यापक फैलिएको जानकारी दिनुभयो ।

किसानले विषादीसमेत प्रयोग गरिरहे पनि नियन्त्रण आउन नसकेको उहाँले जानकारी दिनुभयो । वसन्ते मकैमा सुक्खा हुँदा फौजी कीराले बढी नोक्सानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाली संरक्षण अधिकृत अहमदका अनुसार फौजी कीरा नियन्त्रण गर्न विषादी छर्नुबाहेक अरू कुनै विकल्प छैन । फौजी कीराका कारण बाँकेको खजुरा, राप्ती सोनारी, डुडुवा र बैजानाथमा किसानले लगाएको मकैमा अधिक क्षति पुगेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments