युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले बाख्रा स्रोत केन्द्र सञ्चालन

दैलेख : युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले भगवती गाउँपालिकाले बाख्रा स्रोत केन्द्र स्थापना गरेको छ । गाउँपालिका र प्रदेश सरकारको लगानीमा बाख्रा स्रोत केन्द्र निर्माण गरी व्यावसायिक बाख्रापालन गरिरहेको छ ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले युवालाई स्वदेशमै रोजगारी लगाउने उद्देश्यले गाउँपालिकाले बाख्रा स्रोत केन्द्र निर्माण गरी व्यावसायिक बाख्रापालन गरिरहेको बताउनुभयो । उहाँले बाख्रा स्रोत केन्द्रमा एक जना पशु प्राविधिकसहित तीन जनालाई रोजगारीसमेत दिएको जानकारी दिनुभयो । उहाँले हावापानी पनि राम्रो भएका कारण पशुपालन र कृषिमा बढी जोड दिएर गाउँपालिकावासीको आयआर्जनमा टेवा पु-याइरहेको बताउनुभयो ।

यो स्रोत केन्द्र र व्यावसायिक बाख्रापालनमा प्रदेश सरकारले जम्मा एक करोड १५ लाख रुपियाँ र गाउँपालिकाले ७५ लाख रुपियाँ लगानी गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्टले स्रोत केन्द्रले उत्पादन दिन थालेको जानकारी दिनुभयो ।

बाख्रा स्रोत केन्द्रका पशु प्राविधिक विमल थापाले बाख्रा स्रोत केन्द्रमा ११५ बाख्रा रहेको बताउनुभयो । यहाँ स्थानीय र बोयर जातका बाख्रा रहेका छन् । पहिलो चरणमा दुईवटा खोर निर्माण गरी ५०/५० वटा बाख्रा राखिएकामा अहिले ११५ वटा पुगेका छन् । गाउँपालिकाले खसी, बाख्रा वितरणका लागि आवश्यक रकमसमेत तोकेको हुँदा सोहिबामोजिम बिक्री गरिने उहाँको भनाइ छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments