श्रीलङ्काले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने

एजेन्सी :श्रीलङ्काले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने भएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले वृक्षारोपण कम्पनीहरूको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन दिनुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

श्रीलङ्काले केही महिनामा खाद्यान्नको चर्को अभाव सामना गर्नुपर्ने चेतावनी सार्वजनिक भएपछि राष्ट्रपतिले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने निर्णय गर्दै सरकारी अधिकारीहरूलाई निर्देशन दिनुभएको हो ।

वृक्षारोपण कम्पनीहरूसँग ९ हजार हेक्टरभन्दा बढी खेती नगरिएको जमिन रहेको छ । श्रीलङ्काले सन् २०२१ मा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कृषि उत्पादनमा तीव्र गिरावट आएको छ ।

रासायनिक मलमाथिको प्रतिबन्ध फुकुवा भएको र आउँदो कृषि यामका लागि पर्याप्त मात्रामा मल खरिद गर्न विभिन्न देशसँग छलफल भइरहेको मन्त्रिपरिषद्ले जनाएको छ । विदेशी मुद्रा अभावका कारण सुरु भएको आर्थिक सङ्कटका कारण श्रीलङ्कामा इन्धन, खाद्यन्न, औषधि लगायतको अभावका कारण जनजीवन कष्टकर बनेको छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments