टाटे सिमी प्रतिकेजी २१०,मकै बोडी ७५,लोकल लीच्ची १३५, गान्टे मूला ७५,जुनार २१०,तामा ११५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ६५,अनार मूल्य ३७५, आँप दसहरी प्रतिकेजी ९०,आँप(मालदह) ९०,डल्लेच्याउ ३२५,आलु रातो प्रतिकेजी मूल्य ४३.५०,इमली १७० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी कुरीलो प्रतिकेजी २२५,खुर्सानी हरियो(अकबरे) २७५,स्थानीय काउली ४५,काक्रो(लोकल) ८०, गोलभेडासानो(लोकल) २८.५०,ठूलोगोलभेडा(भारतीय) ८५, चुकुन्दर प्रतिकेजी ९५ रुपैयाँ, छ्यापी सुकेको प्रतिकेजी १७० रुपैयाँ ,कागती प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार आभोकाडो प्रतिकेजी ५२५,किवि ५२५,केरा प्रतिदर्जन १४५ रुपैयाँ, लोकल लीच्ची १३५,घिउ सिमी(लोकल) ५५ रुपैयाँ,मकै बोडी प्रतिकेजी ७५, ब्रोकाउली १७५,तरबुजा(हरियो) ४० रुपैयाँ,ताजा छडी माछा प्रतिकेजी २४०,ताजा माछा(रहु) ३२०,भेडे खु्र्सानी १५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी