भारतले टुक्रा चामल निर्यातमा रोक लगायो

नयाँ दिल्ली: भारतले टुक्रो चामलको निर्यातमा लगाएको प्रतिबन्ध शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको अधिकारीहरुले बताएका छन् । वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले बिहीबार साँझ जारी गरेको सूचनाअनुसार टुटेफुटेको चामलको निर्यात नीतिलाई निःशुल्कबाट निषेधित गरिएको छ ।

अधिकारीहरूका अनुसार यो कदमको उद्देश्य घरेलु उपलब्धता बढाउनु र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्नु हो । बिहीबार भारत सरकारले आन्तरिक आपूर्तिलाई बढावा दिनको लागि गैर–बासमती चामलमा २० प्रतिशत निर्यात शुल्क लगाउने घोषणा गरेको थियो ।विज्ञहरूका अनुसार भारतको चामल ढुवानीमा प्रतिबन्धले विश्वव्यापी खाद्य मूल्यलाई उच्च बनाउनेछ र विश्वव्यापी खाद्य मुद्रास्फीतिलाई बढाउनेछ ।

रुस–युक्रेन द्वन्द्व, खडेरी र गर्मीको लहरका कारण पहिलेदेखि नै बढिरहेको खाद्यान्नको मूल्यमा विश्वले पहिलेदेखि नै दबाबको सामना गरिरहेको छ ।विश्वमा चामल निर्यात हुनेमध्ये ४० प्रतिशत हिस्सा भारतले ओगटेको छ । भारत सरकारले गत मे महिनामा गहुँ निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments