सामुदायिक जंगलमा फोहोर जलाउँदै
मोरङको कानेपोखरी गाउँपालिकाले फोहोर सङ्कलन गरी स्थानीय ग्रामीण सुधार सामुदायिक वन क्षेत्र भित्र फोहोर जलाउने गरेको छ ।
समुदायबाट पाच सय मिटर टाढा रहेको जङ्गलमा फोहोर जलाउनाले समुदायलाई ठूलो असर पर्ने गरेको छ । गाउँपालिका भरिको फोहोर सङ्कलन गरी गाउँपालिकाले नै रातको समयमा फोहोर जलाउने गरेको छ ।