व्यावसायिक अदुवा खेतीमा महिलाहरू

चौतारा:गरे के हँुदैन । यसको गतिलो उदाहरण बनेका छन्, इन्द्रावती गाउँपालिकाको गोसाइँकुण्ड सामुदायिक महिला केन्द्रका सदस्यहरू । उनीहरूले गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा व्यावसायिकरूपमा अदुवा खेती गर्न थालेपछि आम्दानी बढ्न थालेको छ ।

इन्द्रावती गाउँपालिकाको नवलपुर, पाडामरूवा, नयाँबस्ती, कुञ्चोक, बाँडेगाउँ र भोटसिपाका किसानले अदुवा खेतीलाई नगदेबालीका रूपमा विकास गर्दै लगेका छन् । अदुवाबाट हुने आम्दानीले आफ्नो आर्थिकस्तरमा समेत परिवर्तन आएको समूहकी अध्यक्ष जेठीमाया तामाङले बताउनुभयो ।

गाउँपालिकाको सहयोगमा एक हजार पाँच सय किलो अदुवा लगाउनुभएकी चित्रकुमारी खोखाली बजारमा अदुवाको राम्रो माग आएपछि खुसी हुनुहुन्छ । अघिल्लो वर्ष बजार भाउ राम्रो पाएपछि यो वर्ष समूह नै बनाएर व्यावसायिकरूपमा अदुवा खेती गर्न थालेको उहाँले बताउनुभयो ।

कोदो, मकैभन्दा दोब्बर फाइदा हुने खोखालीले बताउनुभयो । उहाँका अनुसार उत्पादनभन्दा बजारमा अदुवाको माग बढी रहेको छ । अहिले २९ किसानले व्यावसायिकरूपमा अदुवा खेती गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments