प्राकृतिक मेलामा रैथाने बालीको प्रदर्शनी हुँदै

गण्डकी: प्रत्येकवर्ष माघे सङ्क्रान्तिका दिन पोखराको ढुङ्गेसाँघुमा लाग्ने मेलामा यसवर्ष रैथाने बालीको प्रदर्शनी गरिने भएको छ । परापूर्व कालदेखि ढुङ्गेसाँघुमा लाग्ने मेलालाई प्राकृतिक मेलाका रुपमा लिइन्छ ।

मेलाका अवसरमा पोखरा महानगरपालिकाको कृषि महाशाखाले महानगरस्तरीय जैविक विविधता प्रदर्शनी मेला गर्न लागेको महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।

विभिन्न रैथाने बाली लोप हुँदै गएका अवस्थामा तिनको जगेर्ना गर्ने उद्देश्यका साथ प्रदर्शनी गर्न लागिएको उहाँले बताउनुभयो । उक्त अवसरमा महानगरअन्तर्गतका ३३ वटै वडाका किसानबाट आ–आफ्ना स्थानमा उत्पादन हुने रैथाने बाली अनदी, घैया, कोदो आदि प्रदर्शनी गरिनेछ । जैविक विविधतासम्बन्धी गीत पनि प्रदर्शन गर्ने तयारी रहेको प्रमुख कडरियाले जानकारी दिनुभयो ।

राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का अवसरमा माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस विभिन्न कार्यक्रमका साथ मनाउने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments