आगलागीबाट घाइते राउटे नारायणको मृत्यु

दैलेख:आगलागीमा परेर सिकिस्त घाइते भएका राउटे नारायण शाहीको मृत्यु भएको छ । पुस १९ गते राति दैलेखको नारायण नगरपालिका–९ को चुप्रा नजिक जङ्गलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा शाही जलेका थिए ।

उपचारका लागि काठमाडौँ लगिएका शाहीको आगोले जलेको १६ दिनपछि गए राति मृत्यु भएको हो । दैलेख र सुर्खेतमा उपचार सम्भव नभएपछि शाहीलाई काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । शरीरको ३० प्रतिशत भाग जलेका शाहीको उपचार सम्भव नहुने भन्दै ट्रमा सेन्टरले घर लैजान भनेको थियो ।

एम्बुलेन्सबाट दैलेख ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको नारायण नगरपालिका–९ का वडाध्यक्ष महेन्द्रविक्रम खड्काले जानकरी दिनुभयो । चिसोका कारण न्यानो बनाउन बालेको आगोमा परी उनी जलेका थिए । नारायणको यो मृत्युसँगै ११ सन्तान रहेका राउटेका महामुखिया महिनबहादुर शाहीको सबै सन्तानको अकालमै मृत्यु भएको छ ।

एक सय ४३ जनसङ्या भएका राउटेहरू कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका छन । उनीहरू हाल दैलेखको नारायण नगरपालिका–८ सालखर्कमा बसोबास गरिरहेका सो समुदायमा परियोजनामार्फत खटिएका अहेब लोकेन्द्र शाहीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments