ओमिक्रोन भेरियन्ट भनेको के हो ? के यो कोरोना भन्दा खतरानाक छ ? कसरी बच्ने ?

काठमाडौं,। दुनियाँमा एउटा तरङ्ग पैदा भएको छ त्यो हो दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको नयाँ भेरियन्टको नाम विश्व स्वास्थ्य संगठनले ओमिक्रोन राखेको छ। यो ग्रिक अल्फाबेट हो। ९ नोभेम्बरमा लिइएको नमुना परीक्षणबाट २४ नोभेम्बरमा यो भेरियन्टको पुष्टि भएको हो। यसको वैज्ञानिक नाम बी.१.१.५२९ रहेको छ। यसको अर्थ यो भेरियन्ट बी.१ भेरियन्टबाट आएको भन्ने हुन्छ। नयाँ भेरियन्ट भाइरसको कुन पुस्ताबाट आएको हो भन्ने जानकारीका आधारमा वैज्ञानिक नाम दिने गरिन्छ। तर, वैज्ञानिक नाम प्रयोग गर्न तुलनात्मक रूपमा असजिलो हुने भएकाले जुन देशबाट नयाँ भेरियन्ट देखियो त्यही देशको नाम लिएर घृणा फैलाउने काम भएको भन्दै विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टको नाम ग्रिक अल्फाबेटबाट राख्न थालेको हो। यसअघि बेलायतमा देखिएको भेरियन्टलाई अल्फा, भारतमा देखिएकोलाई डेल्टा नाम दिइएको थियो।

चीनको वुहानमा पहिलो चरणमा देखिएको कोरोना भाइरसभन्दा यो भेरियन्ट निकै भिन्न रहेको छ। यसको मतलव वुहानमा भेटिएको भाइरसको पहिलो स्ट्रेनका आधारमा बनाइएका खोपहरू ओमिक्रोनका लागि कम प्रभावकारी हुन सक्ने अनुमान गरिएको छ। कोरोना भाइरसबारे जानकारहरूले यो भेरियन्ट तुलनात्मक रूपमा छिटो फैलन सक्ने र अहिलेसम्मकै बढी घातक हुन सक्ने बताएका छन्। यद्यपि, डब्लुएचओले यो भेरियन्ट कति खतरनाक छ र यसका लागि अहिले उपलब्ध भ्याक्सिनहरू कति प्रभावकारी हुन्छन् भन्ने विषयमा खोज तथा अनुसन्धान भइरहेको भए पनि अहिलेसम्म निकै कम मात्र जानकारी पाइएको बताएको छ।

खतराका आधारमा डब्लुएचओले नयाँ भेरियन्टलाई भेरियन्ट्स अन्डर मोनिटरिङ (भियुएम), भेरियन्ट्स अफ इन्ट्रेस्ट (भिओआई) र भेरियन्ट्स अफ कन्सर्न (भिओसी) गरी तीन भागमा वर्गीकरण गरेकाे छ । ओमिक्रोनलाई गत शुक्रबार डब्लुएचओले ‘भेरियन्ट अफ कन्सर्न’मा राखेको छ। योसँगै हालसम्म पाँचवटा नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्सर्नमा राखिएको छ, जसमा  ‘अल्फा’, ‘बिटा’, ‘गामा’, ‘डेल्टा’ र ‘ओमिक्रोन’ रहेका छन्।

दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन भेरियन्ट’ ले विश्वमा जस्तै नेपालमा पनि पछिल्लो केही दिनयता त्रास बढाएको छ। नेपाल कति जोखिममा छ भन्ने चासो सबैमा बढ्दै गएको देखिन्छ। नेपालमा मुख्यतय दुई नाकाबाट ‘ओमिक्रोन भेरियन्ट’ प्रवेश गर्ने सम्भावना देखिन्छ। एक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने अर्को नेपाल-भारत खुला सीमानाका कारण आउन सक्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार सार्स सीओवी–२ लगायतका स्वरुपबाट संक्रमित विरामीहरुबाट ओमिक्रोनको उत्पति भएको आशंका गरिएको छ । कोरोनाको यस स्वरुपको अन्य सम्भावित श्रोत जनावर हुन् । बाघ, विरालो, कुकुरलगायतका जनावरहरुलाई समेत संक्रमण हुनसक्ने अनुसन्धानकर्ताहरुको दाबी छ ।

स्पाइक प्रोटिन सार्स–सीओवी–२ भाइरसको बाहिर निस्किएको गाँठो हो, जसले कोशिकाहरुमा टाँसिन मदत गर्छ । यदि कोरोना भाइरसको अन्य स्वरुपसँग तुलना गर्ने हो भने डेल्टा स्वरुपमा ९ म्युटेशन थियो । ओमिक्रोनमा बढी उत्परिवर्तन हुनसक्ने आँकलन गरिएको छ, जुन निकै संक्रामक हुने आँकलन गरिएको छ । जसको कारण पनि ओमिक्रोन चिन्ताजनक मानिएको छ । यसै बिच स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले प्रेस विज्ञप्ति निकालेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments