राजेन्द्र लिङ्देनले भन्छन् – नेता गाउँ गए कुन चोर आएछ भन्छन्

काठमाडौं, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुप्रति जनता आक्रोशित भएकोले जिम्मेवार बन्नुपर्ने बताएका छन् । आज नेपाली काँग्रेसको १४औं महाधिवेशन उदघाटनमा बोल्दै उनले नेताहरुले जनताबाट विश्वास गुमाएको अवस्था भएको सुनाए ।

‘नेताहरु गाउँको कार्यक्रममा पुग्दा जनताले कुन नेता आएछ होइन कुन चोर आएछ भन्न थालेका छन्,’ लिङ्देनले भने,‘नेताहरुले विश्वास गुमाएको अवस्था छ ।’
लिङ्देनले देशमा राजसंस्था अपरिहार्य भएको बताएकाछन् । उनले भने,‘राष्ट्रप्रमुखका रुपमा राजसंस्था, सिधै निर्वाचित प्रधानमन्त्री र सांसद मन्त्री बन्न नपाउने प्रणाली बनाउनुपर्छ ।’

 

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments