के तपाईले पाँचऔंले प्रयोग गर्नु भएको छ ? यस्ता छन् औषधीय गुण (प्रयोग गर्ने तरिका सहित)

काठमाडौं,। नेपालको हिमाली क्षेत्रमा पाइने पाँचऔंलेबारे धरैलाई थाहा नहुन सक्छ । पाँचऔंलेमा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् ।

नेपाली नाम पाँचऔंले भए पनि स्थानीय भाषामा यसलाई हत्ताजडी, पाँच पाते लगायतका नामले समेत चिनिन्छ । आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ ।

यसको गाना हातको औँला जस्तै पाँच भागमा विभाजित हुने भएको हुँदा यसलाई पाँचऔंले भनिएको हो । यो एक लहरा प्रजातीको वनस्पति हो।

यो नेपाल सहित पाकिस्तान, भारत, भुटान चीन लगायतका देशमा पाइन्छ । यसलाई पछिल्लो समय जडिबुटीको व्यापार गर्नेहरुले राम्रो मुल्यमा विभिन्न देशमा निर्यात समेत गर्ने गरेका छन् ।

२ हजार ५ सय मिटको उचाइदेखि ५ हजार मिटरसम्मको उचाइमा पाइने यस वनस्पतिको एउटा मात्र डाँठ हुन्छ भने यसको जरामा गाना फल्दछ । यसको गाना पन्जा जस्तो आकारको पाँचवटा भागमा बाँडिएको हुन्छ।

यो वनस्पतिको फूल गुलाफी तथा प्याजी रंगको हुन्छ । विभिन्न प्रकारका रोगहरु निको पार्ने भएकाले आयुर्वेदिक औषधिको रुपमा यसलाई प्रयोग गरिन्छ ।

यो वनस्पतिको गानो औषधिका रुपमा प्रयोगमा आउँछ ।

पाँचऔंलेको प्रयोग गर्ने तरिका

पाँचऔंलेको जरालाई पिसेर लेप बनाइ लगाउन सकिन्छ । यसले काटेको, पोलेको घाउ चाडै निको हुन्छ । काटेको ठाउँमा रगत बेगेको छ भने यसको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।

अन्य औषधीय गुण

– लेक लागेमा
– स्मरण शक्ति बढाउन
– पिसाव सम्बन्धी समस्या निको पार्न
– पक्षघात भएमा
– पेट दुखेमा
– जीउ दुखेमा
– यौन शक्ति वा उत्तेजना बढाउन
– छालालाई मुलायम बनाउन
– शरीर चिलाउने रोक्न
– मधुमेह
– शुक्राणुको संख्या बढाउन

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments