रंगकर्मिको कथा-रंगमञ्चमा सँगै काम गरेका साथिले रंगमञ्चनै छोडे म भने अझै भबिस्य खोज्दै छु…

काठमाडौं,। रंगमञ्चमा देखिने कलाकार जति रमाइला देखिन्छन् भित्री पीडा पनि उत्तिकै छ पछिल्लो समय कोरोना भाइरस को कारण अझै पीडामा छन् । बिशेषगरि रंगकर्मी काठमाडौंमा बढी भेटिने गर्छन् अनि काठमाडौं को महङ्गी पनि उस्तै छ ।
रङ्गकर्मीको जिवन नै रङ्गमंच हो मानौ उनिहरु जिबनका प्रतेक मोडमा अभिनय गरिरहेका हुन्छन् । आज त्यही रंगमञ्च मा अभिनय गरिरहेका सुरेन्द्र छेत्री सँग केही नजिक रहेर रंगमञ्चमाका कुरा के हि ब्यक्तिगत कुरा गर्दै छौ ।

रंगमञ्चमा  नाटक मन्चन गर्दै सुरेन्द्र छेत्री

रंगमञ्चमा गरेको पहिलो नाटक कुन थियो भनी सोध्दा उनी खुसिहुदै भन्छन् ” प्रचण्ड मल्ल सरले लेख्नु भएको `मनोबेदना´ हो । जसमा मैले मन्त्रीको भुमिका निभाएको थिए अहिले पनि सम्झिदा रमाइलो लाग्छ जिबनमा पहिलो चोटि मलाई म मन्त्री भएको आभास भएको थियो । मनमा कता कता डर पनि लागिरा थियो कतै मैले गल्तिपो गर्छु कि भनेर तर मनमा हिम्मत थियो नाटक सफल भयो ।

रंगमञ्चमा भेटिएका सुरुका दैतरी अहिले पनि रंगमञ्चमै छन् ?

“छैनन् नि सबै जनाले रंगमञ्चनै छोडेर जानू भयो मैले चै छोड्नै सकिन मलाई रंगमञ्चको भुत चडिसकेको थियो । रहर कसैको पनि थिएन सबैले आफ्नै बाध्यताले छोड्नु भयो त्यही मध्येको मेरो नजिकको साथी अर्जुन बोहरा उसले पनि परिवार भए पछि रंगमञ्च छोड्यो तर मलाई पहिलाको जतिकै हौसला दिन्छ, माया गर्छ , फेरि समयले साथ दियो भने सँगै काम गर्ने मन छ ।”

पर्दा पछाडी बसेर काम गर्नु भएको छ ?

“पर्दा पछाडि बसेर मैले धेरै काम गरेको छु । यथार्थकुरा भन्नेहो भने पर्दा अगाडि देखिने कलाकार ले जति दुख गर्छन् त्यसको बढी पर्दा पछाडि बस्नेले दुख गर्छन् बिडम्बना पर्दा पछाडि हुने लाई सम्मान भने कमैले गर्छन् ।

रंगमञ्चमै भबिस्य बन्छ जस्तो लाग्छ अनि भबिस्यको योजना के छ ?

“रंगमञ्चमा भबिस्य मैले त्यो बेला देखे जति बेला मैले सुरुको नाटक गरे त्यति बेला बाट म लागिपरेको छु मैले जुन लक्ष्य राखेको छु त्यो लक्ष्यमा अबस्य पुग्ने छु । भबिस्यमा म कुशल रङ्गकर्मी बन्ने छु यहि मेरो मुख्य लक्ष्य रहेको छ ।

झन्डै दुई दर्जन नाटक गरेका सुरेन्द्रले कोरना भाइरस आउनु अगाडि सेतो कपाल नाटक गरेका थिए भने अहिले फेरि नयाँ नाटक गर्ने तयारी गर्दै छन् । नाटक बाहेक उनी प्रोडक्सन, साथै कास्टिङ डाइरेक्टर पनि गर्छन् । पछिल्लो समय उनले ‘आस्था’ सट फिल्ममा कास्टिङ डाइरेक्टर गरेका थिए भने उक्त फिल्मको डाइरेक्टर घनश्याम गौतम थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments