अवैध लागूऔषध सहित २ जना पक्राउ

६ माघ, महोत्तरी । औराही नगरपालिका-४ कठुधारबाट नियन्त्रित लागूऔषध २ हजार ९ सय ८२ पिस नाइट्राभेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे मनदन देवपुर बस्ने २५ वर्षीय सरोज बिक र सिरहा गोलबजार नगरपालिका-४ बस्ने २३ वर्षीय आकाश शर्मा रहेका छन् । सम्सिबाट बर्दिबासतर्फ जाँदै गरेको बा.४६ प ६२७३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-९ शान्तीटोल बस्ने २१ वर्षीया शुस्मिता गुरुङ र २० वर्षीय राजकुमार भुजेल रहेका छन् । उक्त स्थानमा सिआरभि पृथ्वीचोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments