अवैध लागूऔषध सहित पक्राउ

१७ माघ, काठमाडौं । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ बर्गदवाबाट ललितपुर महालक्ष्मी नगरपालिका-१ ईमाडोल बस्ने ३२ वर्षीय अरुण मोक्तानलाई करिब ३ ग्राम ५ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बा.७४ प ६८४९ नम्बरको मोटरसाइकलमा सवार अरुणलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१३ शिवधाराबाट करिब २० ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २९ वर्षीय भरत मगर समेत ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । संघिय प्रहरी ईकाइ कार्यालय धरान, ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी सो कोठामा बसिरहेका उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनाको थप अनुसन्धानको क्रममा धरान उपमहानगरपालिका-१९ बस्ने २६ वर्षीय जनम मगरलाई करिब ४ ग्राम, सोही उपमहानगरपालिका-३ बस्ने २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजिव मगरलाई करिब ७ ग्राम गरी थप ११ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत, भेरीगंगा नगरपालिका-१० तोलिखोला रत्न राजमार्गबाट नियन्त्रित लागूऔषध ८ सय ८५ ट्याब्लेट नाईट्राभेट र १ हजार दरका ९ थान नक्कली नेपाली नोट सहित वीरेन्द्रनगर नगरपालिका-१० बस्ने २६ वर्षीय आसिस बैगार समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.००२००१ ख ००६३ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा गाडीमा सवार उनीहरूको साथबाट उक्त लागूऔषध र नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।

मोरङ, जहदा गाउँपालिका-२ हरीनगराबाट करिब ५६ केजी अवैध लागूऔषध गाँजा शनिबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानबाट भारततर्फ गाँजा ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ गाँजा लोड भएको ४ वटा बोरा सोही स्थानमा छोडेर अपरिचित व्यक्तिहरू फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार रहेका अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments