जबरजस्ती करणी गरेको अभियोगमा ४१ वर्षीय मनिराम पक्राउ

१८ माघ, बर्दिया । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका-६ बस्ने ४१ मनिराम थारुलाई आइताबार प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती बालिकालाई गत बैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गर्नुका साथै बालिकालाई गर्भवती समेत बनाएको भन्ने खबर माघ १६ गते प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
33 %
Excited
उत्साहीत
33 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
33 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments