अवैध रुपमा लगाएको गाँजा तथा अफिम खेती नष्ट

२४ माघ, मकवानपुर । राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिका अन्तर्गतका वडा एरियाको २९ बिगाह १० कठ्ठामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा र २१ विगाहमा लगाएको अवैध लागूऔषध अफिम खेती गत शुक्रबारदेखि आइतबारसम्ममा प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा, बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे, जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र  प्रहरी बल नेपाल समेतको संयुक्त टोलीले अवैध रुपमा लगाइएका उक्त खेती फडानी गरी नष्ट गरेको हो । साथै प्रहरीले २ सय किलो बराबरको सुकाई राखेको लागूऔषध गाँजा समेत नष्ट गरेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments