अवैध रुपमा लैजाँदै गरेको ५ हजार किलो केराउ सहित ट्रक चालक पक्राउ

२५ माघ, कपिलवस्तु । यशोधरा गाउँपालिका-७ मर्यादपुरस्थित सडकबाट युपि ५५ टि २२९५ नम्बरको ट्रकमा अवैध रुपमा लैजाँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ५ हजार किलो केराउ सहित ट्रकका चालक भारत सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट भारतको इटवातर्फ जांदै गरेको उक्त ट्रकलाई प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा ल्याएको उक्त केराउ फेला पारी ट्रक तथा चालक धन प्रकशलाई पक्राउ गरेको हो ।

उनलाई बरामद केराउ र ट्रक सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सुठौली पठाइने  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments