नुवाकोटका बिकास लाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका सुर्खेतका मिलन पक्राउ

२७ माघ, काठमाडौं ।   काठमाडौं महानगरपालिका-१५ ठाडो भर्‍याङस्थित ग्रिल कारखानामा काम गर्ने नुवाकोट बिदुर नगरपालिका-१ घर भएका २२ वर्षीय बिकास आचार्यलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही कारखानामा काम गर्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ घर बताउने ४८ वर्षीय मिलन खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मदिरा सेवन गरी एक आपसमा विवाद हुँदा बिकासले जथाभावी गाली गलौज गरी अश्‍लिल शब्द समेत बोलेकोले मिलनले चक्‍कु र बन्चरोले गर्धन र टाउकोमा प्रहार गरी बिकासलाई गम्भीर घाइते बनाएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बिकासको मनमोहन मेमोरियल अस्पताल हुँदै राष्ट्रिय ट्रमा सेन्टरमा थप उपचार भइरहेको छ ।

मिलन उपर ज्यान मार्ने उद्योग  कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments