बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरीका राम प्रसाद पाण्डे पक्राउ

१० फाल्गुन, काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-१० मनमैजुमा श्रृष्टी प्रफुल सप्लायर्स संचालन गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-८ घर भएका ४३ वर्षीय राम प्रसाद पाण्डेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत माघ २ गतेको फैसलाले ५ दिन कैद र २२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले नेपालटार काठमाडौंबाट पक्राउ गरेको हो । पाण्डेले एनआइसी बैंक लिमिटेडमा रहेको उनको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी चेक दिएको र रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments