भन्सार छलि लैजान लागेको सुनका सिक्री सहित कमल घिमिरे पक्राउ

१४ फाल्गुन, काठमाडौं ।

अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको १ हजार १ सय ६५ ग्राम तौल भएको सुनको १० थान सिक्री सहित सुनसरी ईटहरी उपमहानगरपालिका-१६ लविपुर घर भएका ३४ वर्षीय कमल घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टेनल गेटबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुवईको उडानद्वारा दुबईबाट नेपाल आएका घिमिरेलाई जाँच गर्दा उक्त सिक्री लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायव सुब्बा लक्ष्मण गुरागाईले अध्यागमन एरियामा रहेको शौचालयमा गई कमल घिमिरेले ल्याएको सुनको सिक्रीहरु लिई भन्सार चेकजाँच क्षेत्र पास गराई पुन:सोही क्षेत्रको शौचालयमा गई फिर्ता दिएको खुल्न आएपछि गुरागाई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद सुनको सिक्री सहित दुवै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments