गौमुत्र को फाइदै फाइदा, मानव स्वास्थ देखि कृषि सम्म जानिराखौ
२० फाल्गुन, काठमाडौं । आधुनिक विज्ञानले पुरातन धार्मिक मान्यताहरुलाइ तार्किक रुपमा व्याख्या गरेको देख्दा हामी अचम्म पर्छौ,के हाम्रा बाउबाजेले पहिल्यै देखि विज्ञान जानेर आएकै हुन त?? यो सोचमग्न छ।
गौमय वस्ते लक्ष्मी गौमुत्र धवन्तरि यो चर्चित संस्कृत श्लोकले गौमुत्रलाई धन्वन्तरी अर्थात आयुर्वेद उपचार प्रणालीका धरोहरको रुपमा बयान गरेको छ। यस्तै घार्मिक रुपमा वृहत मान्यता पाएको अनि वर्तमान विज्ञानले पुष्टि गरेको बहुउपयोगी पदार्थ हो गाइको मुत्र जसलाइ हिन्दु धर्मले अमृतको संज्ञा दिएको र विज्ञानले पनि बहुउपयोगी पदार्थको रुपमा पुष्टि गरिसकेको छ।
पञ्चअमृतमा समेटिएको एक मुख्य तत्व गौमुत्र,धार्मिक कार्यक्रमहरु आयोजना गर्दा गौमुत्र सेवन गरेर चोखो हुने धार्मिक मान्यता रहेको,कार्यक्रम गर्ने प्राङ्गणमा गौमुत्र छर्कने आदि विभिन्न धार्मिक चलनहरुले गर्दा गौमुत्रको बृहत महत्त्व पुरातन कालदेखी नै रहिआएको छ।
पछिल्लो समयले विभिन्न अनुसन्धानले गौमुत्रको उपयोगीता घर्ममा मात्र नभएर मानव सेवन अनि कृषि क्षेत्रमामा उत्तिकै महत्व रहेको बताउदै आएको छ।
कृषिमा गहुमुत्रको महत्व
गौमुत्रमा २.५ % युरिया पाइने हुनाले केही हदसम्म माटोमा नाइट्रोजनको आवश्यकता पुर्ती गर्दछ।
२४ घन्टामा एउटा गाइले करिव ६ लिटर मुत्र दिने गर्छ। एक वर्षमा २१९० लिटर हुन्छ जसले करिब ३३ केजि नाइट्रोजन र यो ६८ केजि कुल युरियाले दिन नाइट्रोजन बराबर हुन्छ।नाइट्रोजन मात्र नभएर पोटासियम,फस्फोरस,सल्फर जस्ता बिरुवा अत्यावश्यक तत्व गौमुत्रमा पाइन्छ।
गौमुत्रको प्रयोग माटोमा मात्र नभएर झोलमल बनाउन अन्य विभिन्न जडिबुटी जस्तै निम,बकाइनो,असुरो,खुर्सानी, सिस्नु,बाबरी,केतुके, सयपत्री फुल,तुलसी,खरानी आदि जडिबुटीहरुको मिश्रण झोललाइ सोझै विरुवाको पातमा झोलमोलको रुपमा प्रयोग गर्न सकिन्छ। यसरी बनाइएको झोलमल विरुवामा देखिने विभिन्न फङ्गल,ब्याटरियल देखि लिएर किराहरुको न्यूनीकरणमा ठूलो मद्दत पुर्याउछ।
मानव सेवनको लागि गहुमुत्र
गौमुत्रमा ९५% पानी,2.५% युरिया,२.५%अन्य महत्वपूर्ण खनिज वस्तुहरु पाइन्छ जसमा पोटासियम,सोडियम,नाइट्रोजन,युरिक एसिड,फलाम,सलफर,सिलिकन,क्लोरिन,भिटामिन A,B,C,D,E जस्ता विभिन्न अत्यावश्यक तत्वहरु पाइन्छ। दूध दिइरहने गाइको मुत्रमा थोरै ल्याक्टोजनको मात्रा हुने हुनाले यो हृदय रोगको लागि महत्वपुर्ण औषधि मानिन्छ।
खुला चरब क्षेत्रमा हुर्केको गाइको मुत्र अन्य गाइको तुलनामा औषधिय गुण धेरै भएको विभिन्न अनुसन्धानले जनाएका छन।
निको हुने रोगहरु देखि लिएर दीर्घरोगहरु जस्तै क्यान्सर,उच्च रक्त चाप,हृदय घात,एड्स,पायल्स,माइग्रेन,कब्जियत,छालारोग जस्ता कयौं धेरै रोगहरुको आर्युवेद उपचार पद्धतिमा गहुमुत्रको प्रयोग भएको पाइन्छ।
एन्टिबायोटिकको रुपमा पनि गहुमुत्रको सेवन गर्न सकिन्छ जसले हानिकारक रिडिकल्सहरुलाइ निष्क्रिय बनाउन मद्दत गर्छ।
पछिल्लो समय यता बालीहरुमा देखिने अनेकौं रोगहरुको नियन्त्रण गर्न विभिन्न मानव स्वास्थ्यलाई हानी पुर्याउने विषादीहरुको प्रयोग अत्यधिक भएको पाइन्छ जसले गर्दा वातावरणमा पनि अदृश्य रुपमा ठुलै समस्या निम्त्याएको छ।
अतिवृष्टी,अनावृष्टी जस्ता जटिल समस्याहरु निम्तिएका छन।
त्यसैले मानव लगायत वातावरणमा पर्ने प्रतीकुल असरलाइ ध्यानमा राखेर अर्गानिक कृषि प्रणालीमा गौमुत्रको अधिक प्रयोग गर्न सकिन्छ।