अन्तत धनकुटाका विनेश रानाले सुमित्राको घाँटी थिचेर हत्या गरे

२२ फागुन, सुनसरी । ईटहरी उपमहानगरपालिका-५ तुलशाटोला डेरा गरी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-१ सरङडाँडा वतन भएकी सुमित्रा तामाङको हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-५ डेरा गरी बस्ने धनकुटा पाख्रीबास नगरपालिका-६ फलाटे स्थायी वतन भएका जिवन, राम भन्ने २४ वर्षीय विनेश रानालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका-१८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड लजको कोठामा खाटमाथि ओढ्ने ओढाई सुताएको अवस्थामा फागुन १७ गते बिहान एक महिलाको शव फेला परेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले अनुसन्धानको क्रममा मृतक सुमित्रा तामाङ भएको खुल्न आएको थियो । थप अनुसन्धानको क्रममा उक्त घटनामा विनेशको संलग्नता भएको खुल्न आएपछि धनकुटा पाख्रीबास नगरपालिका-११ स्थित उनकै ससुराली घरबाट मृतकको मोबाइल सहित विनेशलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमान विदेश रहेको बेला विगत १ वर्षदेखि सुमित्रासँग प्रेम सम्बन्ध रहेकोले पटकपटक भेटघाट हुने गरेको, आपसी सल्लाह अनुसार  फागुन १५ गते बिहान उनीहरू उक्त होटलमा बसेको, फागुन १६ गते बेलुकी सुमित्राले अन्य पुरुषसँग मोवाइलमा कुरा गरेको बिषयमा बिबाद हुँदा कुटपिट गरेको र बिबाद बढ्दै जाँदा घाँटी थिचेर सुमित्राको हत्या गरी नगद ५ हजार रुपैयाँ र मोबाइल समेत लिई उनी फरार भएको अनुसन्धानबाट खुल्न आएको छ ।

विनेश उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments